प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास « Khabarhub

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मनहरपुरमा आज आयोजित एक समारोहबीच सडक शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओली र मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संयुक्त रूपमा धनुषा क्षेत्र नं १ स्थित मनहरपुर ज्ञान चोकमा निर्माण हुन लागेको सडक शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री ओली र सभामुख मण्डलले मधेस प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा धनुषाको मनहरपुर–हंसपुर हुँदै खरिहानी–सिमराढी जोड्ने १६.३५ किलोमिटर सडक शिलान्यास गरे । कूल ६५ करोडको लागतमा निर्माण हुन लागेको सडकको ठेक्का निर्माण कम्पनीले ४४.४८ लाखमा कबोल गरेको छ ।

समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह, सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठसहित नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो । रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : ४६ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट