विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री | Khabarhub Khabarhub

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न नदिइने बताएका छन् ।आज महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले सरकार आमजनताको विकास चाहनालाई मूर्तरूप दिन काम गरिरहेको उल्लेख गरे ।

“सरकार विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको छ”, प्रधानमन्त्रीले भने, “मधेसमा यसको अनुभूति हुने गरी कामअघि बढेका छन् ।”

मधेसका रौतहट, सर्लाही र महोत्तरी जिलाको सिँचाइ प्रबन्धका लागि सुनकोशी मरिन डाइभर्सनको कामअघि बढेको प्रधानमन्त्रीले उल्लेख गरे । यसैगरी पूर्वी मधेसका जिल्लाको थप सिँचाइ प्रबन्धका लागि सुनकोशी कमला डाइभर्सनको काम बढाइने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पूर्वपश्चिम हुलाकी राजमार्गको काम निकै अघि बढेको उल्लेख गरे । “पूर्वपश्चिम हुलाकी सडकको काम त सकिएको हुन्थ्यो, तर केही ठाउँका पुलपुलेसा बन्न बाँकी रहेको र केही ठाउँमा आरक्ष क्षेत्र पर्दा केही अल्झेको छ”, प्रधानमन्त्रीले भने, “सरकार यसलाई चाँडै निक्र्योल गरेरअघि बढ्ने छ ।”

यसैगरी पूर्वपश्चिम राजमार्ग एसियाली मापदण्डअनुसार छ लेनको बनाइन थालिएको उनले भने । यस्तै पूर्वपश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक चार लेनका बनेका उनले चर्चा गरे ।

मधेश यसपालि खडेरीको चपेटामा परेकैबीच आफू तीन साता पहिले महोत्तरी आएको सम्झना गर्दै त्यतिखेरै सिँचाइ प्रबन्धका लागि ५०० डिपबोरिङ्ग जडानको काम थालिने आपूmले बताएको स्मरण गरे। “अब त्योअनुसार डिपबोरिङ्ग धमाधम जडानको चरणमा छन्,” उनले भने । कतिपय ठाउँमा डिपबोरिङ्ग जडानसमेत भइसकेका प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले अन्तराष्ट्रिय सम्बन्धहरूको विस्तार र आपसी समन्वयका विषयलाई महत्त्वका साथ अघि बढाएको चर्चा गरे । नेपालले यस्ता अन्तरराष्ट्रिय मञ्चमा आफ्ना पक्षका विषयहरू महत्त्वका साथ उठाएको उनको भनाइ छ । छिमेकी मुलुकसँगको सम्बन्ध प्रगाढ र विश्वासिलो बनेको उनले बताए ।

“छिमेकी मुलुकसँगका हाम्रा सम्बन्ध सुमधुर र आपसी हितमा केन्द्रित छन्,” प्रधानमन्त्रीले भने, “यसबीचमा हुने भ्रमणमा नेपालका लागि महत्त्वका विषयमा हामी छिमेकी मित्रराष्ट्रसँग विमर्श गर्छौँ ।” आफूले अबको एक महिनाभित्रै छिमेकी मित्रराष्ट्र चीन र भारतको भ्रमण तालिका बनी सकेको स्पष्ट पार्नुभयो ।

समारोहमा प्रधानमन्त्री ओलीले आम मधेसीलाई शिक्षामा जोड दिन अपिल गरे । छोराछोरी सबै विद्यालय जाने र पढ्ने वातावरण निर्माणमा सबैको सहभागिता बढ्न आवश्यक रहेको उनको भनाइ छ । “विद्यालयलाई शिक्षा आर्जनको थलो बनाउन सबैले जिम्मेवारीबोध गर्नुप¥यो”, प्रधानमन्त्रीले भने, “यस कार्यमा सबैभन्दा बढी शिक्षकको सकारात्मक भूमिका आवश्यक छ ।”

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको असल अभ्यासले नै मुलुक अघि बढ्ने दृढता व्यक्त गर्दै इतिहास बनेको राजतन्त्र अब फर्कने कुरा कसैले सोच्नसम्म बेतुक हुने प्रधानमन्त्रीको भनाइ छ ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, मन्त्रीहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : ३२ बजे

अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काको एंकरिजस्थित संयुक्त बेस

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा