बाल अधिकार प्रवर्द्धनका निम्ति पत्रकारलाई अभिमुखीकरण तालिम « Khabarhub

बाल अधिकार प्रवर्द्धनका निम्ति पत्रकारलाई अभिमुखीकरण तालिम


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चौतारा– बालबालिकासम्बन्धी लैङ्गिक संवेदनशीलता सिद्धान्त र व्यवहारबारे पत्रकारको क्षमता अभिवृद्धिका लागि टुकीसङ्घ सुनकोशीको सहयोगमा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले दुईदिने तालिम आयोजना गरेको छ । 

तालिमका मुख्यप्रशिक्षक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बाल अधिकार प्रवर्द्धनमा पत्रकारको भूमिका, आचारसंहिताको पालना र सीपबारे प्रशिक्षण दिएका थिए । 

उनले तथ्य, सूचना र वस्तुस्थितिको पहिचानका लागि पत्रकारले अन्तर्वार्तासम्बन्धी सीपको प्रयोग गरी बालबालिकाका विषयलाई गहन समाचार बनाउन सकिने बताए ।

अर्का प्रशिक्षक राससका आलेख समाचार संयोजक कृष्ण अधिकारीले पत्रकार आचारसंहिताका विविध पक्षबारे चर्चा गर्दै बालकालिकाका सवालमा कलम चलाउनुपर्नेमा जोड दिए । 

चौबीस सञ्चारकर्मी सहभागी तालिमको समापन गर्दै नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले स्थानीय पत्रकारलाई दक्ष र उत्तरदायी बनाउन तालिम सञ्चालन गरिएको बताए । 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : २० बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार