बाल अधिकार प्रवर्द्धनका निम्ति पत्रकारलाई अभिमुखीकरण तालिम « Khabarhub

बाल अधिकार प्रवर्द्धनका निम्ति पत्रकारलाई अभिमुखीकरण तालिम


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चौतारा– बालबालिकासम्बन्धी लैङ्गिक संवेदनशीलता सिद्धान्त र व्यवहारबारे पत्रकारको क्षमता अभिवृद्धिका लागि टुकीसङ्घ सुनकोशीको सहयोगमा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले दुईदिने तालिम आयोजना गरेको छ । 

तालिमका मुख्यप्रशिक्षक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बाल अधिकार प्रवर्द्धनमा पत्रकारको भूमिका, आचारसंहिताको पालना र सीपबारे प्रशिक्षण दिएका थिए । 

उनले तथ्य, सूचना र वस्तुस्थितिको पहिचानका लागि पत्रकारले अन्तर्वार्तासम्बन्धी सीपको प्रयोग गरी बालबालिकाका विषयलाई गहन समाचार बनाउन सकिने बताए ।

अर्का प्रशिक्षक राससका आलेख समाचार संयोजक कृष्ण अधिकारीले पत्रकार आचारसंहिताका विविध पक्षबारे चर्चा गर्दै बालकालिकाका सवालमा कलम चलाउनुपर्नेमा जोड दिए । 

चौबीस सञ्चारकर्मी सहभागी तालिमको समापन गर्दै नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले स्थानीय पत्रकारलाई दक्ष र उत्तरदायी बनाउन तालिम सञ्चालन गरिएको बताए । 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : २० बजे

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय