देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत « Khabarhub

देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफ्नै निवास बूढानीलकण्ठमा भारतीय विदेश सचिव विक्रम मिस्रीलाई स्वागत गरेका छन्।

देउवाले भेटपछि सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै मिस्रीसँगको छलफल नेपाल–भारतबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन केन्द्रित भएको बताए।

उनले भनेका छन्, ‘हाम्रो सम्बन्ध आपसी विश्वास, सद्भावना र क्षेत्रीय समृद्धि तथा स्थायित्वप्रतिको साझा आकांक्षामा आधारित छ।’

भारतीय विदेश सचिव मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन्।

भ्रमणका क्रममा उनले उच्च राजनीतिक तथा सरकारी तहका व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि संवाद गरिसकेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : २८ बजे

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि