तरूणको महाधिवेशन तालिका निर्धारण, भदौ १५ भित्र सदस्यता वितरण गरिसक्नुपर्ने | Khabarhub Khabarhub

तरूणको महाधिवेशन तालिका निर्धारण, भदौ १५ भित्र सदस्यता वितरण गरिसक्नुपर्ने


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले पाँचौँ महाधिवेशनका लागि कार्यतालिका निर्धारण गरेको छ । 

आगामी मंसिर २६– २८ का लागि तय भएको महाधिवेशनका लागि तरूण दलले मातहतका कार्यसमितिले सम्पादन गर्नुपर्ने कार्यतालिका निर्धारण गरेको हो । 

अध्यक्ष विद्वान गुरूङले जिल्ला कार्यसमितिहरूलाई पठाएको परिपत्रमा भदौ १५ गतेभित्र पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्न भनिएको छ ।

भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने कार्यतालिका तय गरिएको परिपत्रमा उल्लेख छ ।

परिपत्रअनुसार आगामी कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । 

जिल्ला कार्यसमितिहरूलाई कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : २३ बजे

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

काठमाडौं– मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ

‘अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौं महानगरको प्रयास उल्लेखनीय’

काठमाडौं– काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

महेन्द्रनगर– मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ।

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन