काठमाडौं– वर्णबास म्युजियम होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । होटलको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको दोस्रो वार्षिक साधारणसभा भदौ २३ गते काठमाडौंस्थित गैरीधारा कार्यालयमा बिहान १० बजेदेखि सुरु हुने भएको छ ।
सभाले आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत सभाले टुङ्ग्याउने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया