अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा « Khabarhub

अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा  पहिरो खसेको थियो । 

पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । 

राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ । सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु पनि आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १२ : ०५ बजे

सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त : प्रदेश प्रमुख कर्ण

महेन्द्रनगर– मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले सुशासन र

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयद्वारा विज्ञसँग छलफल

काठमाडौं– बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी

रूपान्तरणकारी बजेट आउँछ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रूपान्तरणकारी बजेट

बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता

ठाकुरद्वारा– कृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरणमन्त्री गीता