सामुदायिक वनमा झाडी फाँडेर वृक्षारोपण सुरु « Khabarhub

सामुदायिक वनमा झाडी फाँडेर वृक्षारोपण सुरु


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी सामुदायिक वनमा स्थानीय समुदायको सक्रिय सहभागितामा झाडी फाँडेर व्यवस्थित वृक्षारोपण अभियान सुरु गरिएको छ । 

वातावरणीय संरक्षण, जैविक विविधता विस्तार र वन उपजको उत्पादन वृद्धि गर्ने उद्देश्यले थालिएको यस अभियानले चुरे क्षेत्रको हरियाली पुनः स्थापना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीका अनुसार वनभित्रका खाली जग्गाहरूमा पहिले रोपिएका बिरुवाहरूको गोडमेल गर्ने र नयाँ बिरुवाहरू रोप्ने काम धमाधम भइरहेको छ । उनका अनुसार, डिभिजन वन कार्यालय सिरहा, लहानको प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताहरूले वृक्षारोपण र संरक्षण कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका हुन् । 

‘वनको ४.५ प्रतिशत क्षेत्रमा पहिले गरिएको वृक्षारोपणको रेखदेख, संरक्षण र थप बिरुवा रोप्ने काम उपभोक्ता समितिको व्यवस्थापनमा भइरहेको छ,’ चौधरीले भने ।

उनका अनुसार, वनमा मुख्यगरी टिक, जामुन, खयर, पाँचपाते, अमला, मसला लगाएका बिरुवा रोपिएका छन् । 

कुल २७७ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वन क्षेत्रभित्र रहेका खाली जग्गाहरूमा हजारौँ बिरुवा लगाइएको चौधरीको भनाइ छ । त्यसमा, सडक विस्तारका क्रममा नष्ट भएका बिरुवाको क्षतिपूर्ति स्वरूप पनि सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।

यसैबीच, चाइना रेलवे कम्पनीले कञ्चनपुर–कमला सडक विस्तारका क्रममा मासिएका बोटबिरुवाबापत क्षतिपूर्ति स्वरूप करिब ३८ हजार बिरुवा सामुदायिक वनमा रोपिएको छ । यस सम्बन्धमा सडक विस्तार आयोजना पश्चिम खण्ड (सिरहा)का सूचना अधिकारी सरोज कोइरालाले भने, ‘सडक विस्तारका क्रममा एउटा बोट नष्ट हुँदा त्यसको सट्टामा २५ वटा बिरुवा रोप्नुपर्ने प्रावधानअनुसार यस्तो गरिएको हो । त्यसमा हाम्रो आर्थिक व्ययभार मात्र रहेको छभने बिरुवा कहाँ र कस्तो रोप्ने भन्ने जिम्मेवारी डिभिजन वन कार्यालयको हो ।’

डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा चुरेको वातावरणीय संरक्षणमा ठूलो टेवा पुर्‍याउने उद्देश्यले यहाँका नाङ्गा डाँडामा हरियाली अभियान थालिएको जानकारी दिए । त्यसका लागि आव २०८१-८२ मा डिभिजन वन कार्यालयका तर्फबाट मात्रै करिब दश लाख बिरुवा रोपिएको छ, जुन चुरे संरक्षणतर्फको एक ऐतिहासिक प्रयासका रूपमा लिइएको छ । 

उनले चुरे क्षेत्रका नाङ्गाा डाँडामा वृक्षारोपण कार्य दिगो रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै अगाडि भने, ‘माटोको कटान, भू–क्षय, पानीको अभाव जस्ता समस्याहरूको समाधानमा वृक्षरोपणले ठूलो सहयोग गर्नेछ । त्यसैले ती बिरुवाहरूलाई जोगाएर हुर्काउने र वन क्षेत्रलाई स्थायी रूपमा हरियाली बनाउने कार्यमा स्थानीय सामुदायिक वन समितिसँग समन्वय गर्दै अघि बढ्नेछौँ ।’

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १ : १९ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर