मधेसमा छोरी शिक्षा बिमा कार्यक्रम स्थगित « Khabarhub

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रम स्थगित


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम स्थगित भएको छ ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को बजेटमा छोरी शिक्षा बिमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताए । निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको जानकारी दिइएको छ ।

कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५-७६ मा पाँच हजार ६६६ जना, आव २०७८-७९ मा एक हजार ७०२, आव २०७९-८० मा तीन हजार ३०२ जना, आव २०८०-८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।

हाल १० हजार छोरीको बिमाको प्रिमियम तिर्न बाँकी छ । कार्यक्रमअन्तर्गत एक जनाको बिमा गर्दा ३७ हजार चार सय ५७ रुपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : ५७ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी