स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन  « Khabarhub

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेकोमा आवेदन दिन मंगलबार अन्तिम दिन रहेको छ ।

कम्पनीले जारी पुँजीको ४० प्रतिशत हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गरेको छ ।

निष्कासन गर्नेमध्ये ०.५० प्रतिशत हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत हुन आउने ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि, १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका खुलाएर बाँडफाँड गरिएको छ ।

बाँकी १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयरहरू सर्वसाधारणका लागि शुक्रबारबाट आईपीओ खुला गरिएको हो । लघुवित्तको जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको छ ।

आईपीओमा पुरा आवेदन नपरेको खण्डमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनका लागि असार ५ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

लघुवित्तको केन्द्रीय कार्यालय सिरहा जिल्लाको लहान नगरपालिका– ८ मा रहेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १० : ५९ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली