प्रहरी घेरामा कोशी मावि : सात दिनदेखि विद्यार्थी आन्दोलित, अभिभावकलाई छिर्न दिइएन « Khabarhub

प्रहरी घेरामा कोशी मावि : सात दिनदेखि विद्यार्थी आन्दोलित, अभिभावकलाई छिर्न दिइएन


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको वराहक्षेत्र-८ स्थित कोशी माध्यमिक विद्यालय आन्दोलनका कारण साता दिनदेखि बन्द छ । शिक्षक पुनर्वहालीको माग गर्दै विद्यार्थीहरू आन्दोलित छन् । अहिले हतियारधारी प्रहरी विवाद मिलाउन विद्यालय हाताभित्र प्रवेश गरेको छ ।

साना बालबालिका चर्को गर्मीमा नाराबाजी गरिरहेका छन् । अभिभावक गेटबाहिर उभिएका छन् ।

आइतबार विवाद मिलाउने र शिक्षकलाई पुनर्वहाली गर्ने विद्यार्थीलाई आश्वासन दिएका प्रधानाध्यापक सम्पर्कविहीन छन् । सशस्त्र प्रहरी विद्यालय बाहिर हतियारसहित उभिएको छ ।

शिक्षक पुनर्वहालीको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएपछि प्रहरी प्रशासनले विद्यालय क्षेत्र नियन्त्रणमा लिएको छ ।

वराहक्षेत्र-८ स्थित कोशी माविमा विद्यालयभित्र हतियारधारी जनपद प्रहरी प्रवेश गरेका छन् भने सशस्त्र प्रहरी विद्यालय बाहिर तैनाथ भएको छ ।

कोशी माविबाट काज सरुवा गरिएका शिक्षकको पुनर्वहालीको माग गर्दै विद्यार्थीले आन्दोलन गरेको साता दिन बितेको छ ।

‘फेसबुकमा ‘मेयरका दुई/ तीन वटी श्रीमती…’ लेखेपछि शिक्षकको सरुवा’ गर्न विद्यालयका प्रधानाध्यापक बालकृष्ण अधिकारीले वराहक्षेत्र नगर शिक्षा समितिलाई सिफारिस गरेका थिए । सिफारिसका आधारमा शिक्षक बालकृष्ण बोहोराको सरुवा गर्ने निर्णय भएको थियो ।

उत्पन्न विवाद मिलाउने विषयमा नगर प्रमुख रमेश कार्की मौन छन् । नगरस्तरीय शिक्षा समितिसमेत कानमा तेल हालेर बसेको अभिभावकले गुनासो गरेका छन् ।

बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकाको सुरक्षा र हित प्राथमिकताको रूपमा लिएको छ।

कुनै पनि निकाय वा व्यक्तिले बालबालिकाको शैक्षिक वातावरण भङ्ग गर्न नपाउने प्रावधान छ। त्यसैले प्रहरीको उपस्थितिले त्रास उत्पन्न गर्ने, शिक्षण–अध्ययन वातावरण बिगार्ने, बाल अधिकार उल्लंघन गर्ने अवस्था भएमा त्यो कानुनविपरीत हुन्छ भनेको छ ।

फौजदारी संहिता अन्तर्गत, सार्वजनिक स्थान वा शान्त वातावरणमा अनावश्यक रूपमा हतियार प्रदर्शन गर्नु वा आतंक फैलाउनु अपराध मानिन्छ (दफा १२४, १२५) त्यसैले विद्यालय परिसरमा प्रहरी वा अन्यले कारणबिना हतियार प्रदर्शन गर्दै प्रवेश गरेमा कानुनविपरीत हुन्छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १२ : ५८ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार