झापाका विमली नवप्रवर्तक व्यवसायीका रूपमा पुरस्कृत « Khabarhub

झापाका विमली नवप्रवर्तक व्यवसायीका रूपमा पुरस्कृत


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– ट्याली एमएसएमई हनर्षले नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्याकेजिङ प्रालिका सञ्चालक प्रज्वल विमलीलाई नवप्रवर्तक व्यवसायीका रूपमा पुरस्कृत गरेको छ । 

सफ्टवेयर उत्पादन कम्पनी ट्याली सोलुसन्स प्रालि बैङ्लोर भारतद्वारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा झापा, बिर्तामोडका युवा व्यवसायी विमली सम्मानित भएका हुन् ।

झापा साइक्लिङ सङ्घका उपाध्यक्ष एवं नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका विमलीलाई नयाँपुस्ताका ‘स्टार्टअप’ व्यवसायीका रूपमा पुरस्कृत गरिएको हो ।

ट्याली सोलुसन्स प्रालिका कार्यकारी निर्देशक नुपुर गोयन्का र नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले संयुक्त रूपमा उनलाई सम्मान तथा पुरस्कृत गरे ।

सो प्रालिले व्यवसायीहरूलाई विभिन्न पाँच विधामा वर्गीकृत गरीे साना, मझौला तथा सुक्ष्म उद्योगको पहिचानसहित हरेका वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

विश्वका करिब २० हजारभन्दा बढी व्यवसायीको आवेदन परेकामा २०० छनोटमा परी २५ जना नेपाली व्यवसायी पुरस्कृत हुन सफल भएका ट्याली सोलुसन्स प्राली, कोसी प्रदेशका साझेदार कम्पनी ‘आइडियल एकाउन्टिङ सोलुसन्स प्राली’का सञ्चालक राजनारायण साहले जनाकारी दिए । 
 
यस वर्ष उत्कृष्ट २५ व्यवसायीमध्ये अनिता तिम्सिना बस्नेत, सङ्गीता कडरिया, सृजना खड्का, सुनिता शेर्पा र सङ्गीता पाण्डे गरी पाँच महिला पुरस्कृत भएका छन्  । 

त्यस्तै अनुभवी व्यवसायीका रूपमा डा रञ्जनकुमार दाहाल, डा मनिता तिम्सिना, राजेन्द्रबहादुर सिंह, दीपककुमार झा, विनोदकुमार श्रेष्ठ, प्रकाश आचार्य र प्रत्युस आचार्य पुरस्कृत गरिएको छ ।
 
प्रविधि अपनाएर व्यवसाय गर्ने राजु ढकाल, रुपक शाक्य, डा सुरेशकुमार मानन्धर, दिनेशप्रसाद पौडेल र हरि ढकाललाई कम्पनीले पुरस्कृत गरेको छ । सामाजिक प्रभाव पार्ने व्यावसायिक रूपमा मनोजविक्रम शाह, मनोहर कार्की, अञ्जल निरौला, सुमिता राउत र सवलचन्द साह पुरस्कृत भएका छन्  । 

ट्याली सोलुसन्स प्रालिका कार्यकारी निर्देशक गोयन्काले विगत पाँच वर्षदेखि उत्कृष्ट, सफल एवं प्रेरणादायी व्यवसायीको पहिचान गरी सम्मानसहित पुरस्कृत गर्दै आइएको बताए । रासस

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ५ : ४० बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी