राष्ट्रियसभा बैठक बस्दै, भूमिसम्बन्धी विधेयक टेबुल हुने | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, भूमिसम्बन्धी विधेयक टेबुल हुने


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्ताव गर्ने छन् ।

यसैगरी, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ०६ बजे

अमेरिकालाई जवाफ दिन एकै कारमा सवार भए पुटिन र मोदी

थियान्चिन- साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा एउटा दृश्यले

रास्वपाबाट रुपन्देही– ३ मा घोषित उम्मेदवार थापाले पत्रकार सम्मेलन गर्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही– ३ मा हुने उपनिर्वाचनका

अफगानीस्तानमा शक्तिशाली भूकम्प, सयौँ मानिस हताहती भएको आशंका 

काठमाडौं– अफगानस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु

तीनवटै तहका लागि अहिले नै उम्मेदवार घोषणा गरौँ : कल्याण गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले ०८४ मा हुने

सुनको मूल्य बढेर २ लाख ५ हजारमाथि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।