जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न पाकिस्तानी मानव अधिकार आयोगको आग्रह | Khabarhub Khabarhub

जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न पाकिस्तानी मानव अधिकार आयोगको आग्रह


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको मानव अधिकार आयोगले त्यहाँको सरकारलाई जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न आह्वान गरेको छ । आयोगले पाकिस्तानको संघीय सरकारलाई जबरजस्ती बेपत्ता पारिने घटना अन्तर्राष्ट्रिय कानुनअनुसार मानव अधिकारको उल्लङ्घन हुने भन्दै सचेत पनि गराएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आयोगले जबरजस्ती बेपत्ता पारिएको घटनाका सबै पीडितबारे तत्काल जानकारी दिइ न्यायालयमा उपस्थित गराउन पनि आग्रह गरेको छ । यस किसिमको अपराधमा संलग्न जोकोहीलाई पनि कानुनको दायरामा ल्याउन आयोगको माग छ ।

आयोगले राज्यलाई जरबजस्ती बेपत्ता पारिने घटनालाई अपराधीकरण गर्नका लागि प्राथमिकताका साथ विधान ल्याउन पनि आग्रह गरेको छ । त्यसैगरी, आयोगले जबरजस्ती बेपत्ता पारिएका व्यक्तिको संरक्षणका लागि अन्तर्राष्ट्रिय अभिसन्धिलाई अनुमोदन गर्न पनि सरकारसमक्ष माग गरेको छ ।

त्यस्तै, आयोगले पीडित र परिवारलाई उचित राहत प्रदान गर्न पारदर्शी संयन्त्रको स्थापना गर्न पनि सरकारलाई आग्रह गरेको छ । पछिल्लो समय पाकिस्तानभर खासगरी द्वन्द्वग्रस्त क्षेत्रमा जबरजस्ती बेपत्ता पारिने घटना बढ्दै गएको अवस्थामा आयोगले यस्तो आह्वान गरेको हो ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : ०० बजे

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी