कोशी प्रदेशको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’ « Khabarhub

कोशी प्रदेशको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’


१८ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पि स्किन रोगको महामारी फैलिएको छ ।

कोशी प्रदेशको ओखलढुंगा जिल्लामा पनि ७ वटा गाइगोरुमा लम्पि स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो ।  

पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २८ हजार २ सय ५९ वटा गाइगोरु र राँगा भैसीमा लम्पिस्किन रोग पाइएकोमा ९ सय ८९ वटा पशुचौपाया मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । 

लम्पिस्किन रोग विरुद्धको खोप लगाएका पशुचौपायाहरुमा यो रोगको प्रभाव कम देखिएको र मुख्यरुपमा लम्पिस्किन रोग लागेका बाछाबाच्छी र पाडापाडीहरु बढी मरेको पशु चिकित्सकहरूले बताएका छन् । 

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले लम्पिस्किन रोग विरुद्धको खोप सम्बन्धित कृषि ज्ञान केन्द्र मार्फत पालिकाहरूलाई वितरण गरेको छ ।

कोशी प्रदेशमा ३ लाख ७२ हजार ८ सय ४ वटा पशुचौपायाहरुलाई खोप लगाइएकोमा २५ हजार ४ सय २४ वटा पशुचौपायाहरु निको भएको र १ हजार ८ सय ४६ वटा पशुचौपायाहरु संक्रमित रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले जानकारी दिए । 

कोशी प्रदेशमा १३ लाख २४ हजार ४ सय २६ वटा गाइगोरु र ३ लाख ७४ हजार ५ सय ६७ वटा राँगाभैसी रहेको तथ्यांक छ । कोशी प्रदेशमा सबैभन्दा बढी झापा, त्यसपछि मोरङ, त्यसपछि इलाम, सुनसरी र उदयपुर जिल्लामा लम्पिस्किन रोगको संक्रमण देखिएको छ । 

लम्पिस्किन रोगको संक्रमण फैलिनबाट जोगाउन गोठहरु सरसफाई गर्ने तथा पशु प्राविधिकहरूको सल्लाह मान्न कृषकहरुलाई पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले आग्रह गरेको छ । 

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  २ : ५५ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध