अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु « Khabarhub

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१ जना स्थानीय तालिबान लडाकु मारिएको दाबी गरेको छ । हाल ती क्षेत्रमा तालिबानको उपस्थिति बढ्दो क्रममा रहेको अधिकारीहरूले बताएका छन् ।

यो कारबाही शनिबार भएको आक्रमणपछि भएको हो । शनिबार भएको आक्रमणमा पाकिस्तानी तालिबान टिटिपीले दाबी गरेअनुसार छिमेकी जिल्लामा १२ जना सैनिक मारिएका थिए ।

सेनाले सोमबार ढिलो सार्वजनिक गरेको विज्ञप्तिमा सप्ताहन्तमा ३१ जना ‘ख्वारिज’ मारिएको जनाइएको छ । ‘ख्वारिज’ शब्द हाल अधिकारीहरूले टिटिपी लडाकूहरूलाई सम्बोधन गर्न प्रयोग गर्दै आएका छन् ।

विज्ञप्तिमा पाकिस्तानले भारतमाथि आतङ्कवादीहरूलाई सहयोग गरेको आरोप लगाएको छ । दुई आणविक शक्ति भएका छिमेकी मुलुकहरू पाकिस्तान र भारतले लामो समयदेखि एकअर्कालाई आतङ्कवादी समूहहरूलाई समर्थन गरेर अस्थिरता सिर्जना गरेको आरोप लगाउँदै आएका छन् ।

सेनाले उक्त क्षेत्रमा ‘भारतद्वारा प्रायोजित अन्य आतङ्कवादीहरूलाई समाप्त गर्न सफाइ अभियान सञ्चालन भइरहेको’ पनि जनाएको छ ।

सन् २०२१ मा अफगान तालिबान काबुलमा सत्तामा फर्किएपछि अफगान सीमा क्षेत्रमा आतङ्कवादी गतिविधि बढेको हो । सुरक्षा अधिकारीहरूका अनुसार पछिल्ला दुई महिनामा टिटिपी लडाकूहरूको उपस्थिति अझै बढेको छ ।

टीटीपी अफगान तालिबानबाट अलग भए पनि नजिकको सम्बन्ध राख्ने समूह हो । यसले पाकिस्तानभित्रै सुरक्षा बलहरू विरुद्ध आक्रमण गर्दै आएको छ ।

इस्लामाबादले अफगानिस्तानमाथि उसका आतङ्कवादीहरूले पाकिस्तानमा आक्रमण गर्न अफगान भूमिको प्रयोग गरेको आरोप लगाउँछ । तर काबुलका अधिकारीहरूले यस्तो आरोप अस्वीकार गर्दै आएका छन् ।

एएफपीको तथ्याङ्कअनुसार यस वर्ष मात्रै उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तान प्रान्तमा सशस्त्र समूहका आक्रमणमा चार सय ६० भन्दा बढी मानिस मारिएका छन् ।

इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष लगभग एक दशकयताकै सबैभन्दा घातक सावित भएको थियो । त्यस वर्षमा मात्र एक हजार छ सयभन्दा बढी मानिस मारिए । त्यसमा आधाभन्दा धेरै सैनिक र प्रहरी अधिकारीहरू परेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  २ : ०९ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष