जेन-जी आन्दोलनमा जलाइएका भवन प्रयोग गर्नुअघि परीक्षण « Khabarhub

जेन-जी आन्दोलनमा जलाइएका भवन प्रयोग गर्नुअघि परीक्षण


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका साथै परीक्षणसमेत अघि बढाइएको छ ।

आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाहरू प्राविधिक परीक्षण पश्चात मात्र प्रयोग गर्ने गरी सफाइसमेत बढाइएको हो । शनिबार आन्दोलनका क्रममा आगजनीका कारण ध्वस्त भएको रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सरसफाइ एवम् संरचनाको प्राविधिक परीक्षण गरिएको छ । 

परीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न नसकिने अवस्थामा रहेको नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए ।

उनले मन्त्रालयको भित्तामा क्षति नभएपनि स्ल्यावहरूमा पूर्ण रुपमा क्षति पुगेकाले पुनः प्रयोग गर्न निकै जोखिम रहेको बताए । आगलागीबाट क्षति पुगेको भवनको भवन निर्माण विभागको समन्वयमा एशोसियसनले ध्वस्त भएका संरचनाको प्रारम्भिक परीक्षण गरिरहेको उनले उल्लेख गरे ।
 
बरालले प्रारम्भिक परीक्षणका क्रममा ध्वस्त भएका भवनलाई कसरी पुन:निर्माण गर्ने भन्ने सुझाव दिइने बताए । आगलागीबाट क्षति पुगेका भवनमध्ये सिंहदरबारभित्रका केही भवन पुनप्रयोग गर्न सकिने र केही भवन भने जोखिमपूर्ण रहेको उनले बताए ।

त्यस्तै सर्वोच्चको उत्तरतर्फको भवन पनि पूर्णरुपमा क्षति भएकाले प्रयोग गर्न नमिल्ने र दक्षिणतर्फको भवन भने कम जोखिम देखिएको बरालले उल्लेख गरे । एशोसियसनले प्राविधिक परीक्षण गरेर मात्रै संरचना प्रयोग गर्न सुझाव दिएको छ । 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  २ : ०७ बजे

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा

काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी)

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री