जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस् « Khabarhub

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज ११ गते शनिबार। आश्विन शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २७ तारिख । नवरात्रको छैठौं दिन । कात्यायनी पूजा । विश्व पर्यटन दिवस, पचली भैरव यात्रा ।

शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : ३० बजे

एनपीएल : बलिङमा नेपाल अगाडि, ब्याटिङमा विदेशीको दबदबा : कुन खेलाडी कति अब्बल ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को बलिङमा नेपाली खेलाडी चम्किँदा

अपाङ्गताका अधिकार रक्षा गर्न एमाले क्रियाशील : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका

भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग

काठमाडौं– पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति १० लाख

विष्णु पौडेलसँग सञ्चारकर्मीको संवाद हुँदै

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको

अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य : नेपाल

दाेहा– अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा