एमाले गर्जनको सेयरबजारमा नकारात्मक प्रभाव, सर्किट लागेको नेप्से २२ अंकमा सीमित
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भक्तपुरको गुन्डुबाट एमालेले गरेको गर्जनको नकारात्मक प्रभाव परेको छ ।
साताको अन्तिम दिन बिहीबार नेप्से सेयर कारोबारको ३ मिनेटमा नै सकारात्मक सर्किट लागेकोमा कारोबारको अन्तिम समयसम्म आउँदा भने २२.५९ अंकले मात्रै बढेको हो ।

एमालेमा पछिल्लो समयमा अध्यक्ष केपी शर्मा ओलीको कोर समूहमा रहेका नेताहरूले भक्तपुरबाट मुलुकमा थप राजनीतिक अनिश्चय पैदा गर्नेगरी अभिव्यक्ति दिएपछि त्यसको सेयर बजारमा प्रभाव परेको अनुमान गरिएको छ ।
जेनजी आन्दोलनमा भएका क्षतिको बीमा दाबी रकम २३ अर्ब बढी
तनहुँका स्थानीय तहद्वारा १५ किलोमिटर सडक कालोपत्र
चन्दा सङ्कलनबाट म्याग्दी र कास्की जोड्ने ट्र्याक निर्माण
ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैँकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्ता अनधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरेको छ ।
अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…
अस्थायी ‘डाइभर्सन’ बनाएर बीपी राजमार्ग सञ्चालन गरिँदै
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढी प्रभावित जलविद्युत् आयोजनाहरूलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ ।

बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुनर्निर्माणको लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्ने बताए ।
२०८० जेठ ३२ र असार १ गते, २०८१ असार र साउन तथा असोज ११/१२ र २०८२ को असार/साउन र हालैको बाढीबाट क्षतिग्रस्त आयोजनाहरू सबैलाई मध्यनजर गरी विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी), अनुमति पत्रको अवधि, कर्जा पुनर्तालिकीकरण, लङटम फाइनान्सिङ र भन्सार महसुलमा छुट लगायतका विषय समेटेर राहत प्याकेज ल्याउनुपर्ने पनि अध्यक्ष कार्कीले बताए ।
राष्ट्र बैंकले खारेज गर्यो दुई मनिचेन्जर कम्पनीको इजाजत
नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जर कम्पनीको इजाजतपत्र खारेज गरेको छ । बैंकको विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

काठमाडौं मित्रनगरमा सञ्चालनमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलमा सञ्चालनमा रहेको केटिएम ओम मनि एक्सचेन्ज प्रालिको इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया