अर्थसंक्षेप : ७८ अङ्कले घट्यो नेप्से, पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन र व्यापारिक केन्द्र बन्यो अपीको मकरीगाड | Khabarhub Khabarhub

अर्थसंक्षेप : ७८ अङ्कले घट्यो नेप्से, पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन र व्यापारिक केन्द्र बन्यो अपीको मकरीगाड


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

७८ अङ्कले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८ दशमलव ८३ अङ्कले घटेर दुई हजार ५०३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो ।

आज ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २४२ कम्पनीको शेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको हो ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह चार दशमलव ८४ र अन्य समूह चार दशमलव ७९ प्रतिशतले घटेको छ ।

टाटा मोटर्सले सुरु गर्‍यो ‘धनतेरस टाटा उत्सव’ : सुनको असर्फी जित्ने मौका

ग्राहकलाई खातामा इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवको दुई महिनामा २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिए । ‘यहाँको भन्सार आयातमा निर्भर रहेको छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ । यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने छ अर्ब १४ करोड अर्थात् १५ दशमलव ६८ प्रतिशत रहेको छ ।

नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने

म्याग्दे गाउँपालिकाले विपन्नका लागि घर बनाइदिने

दुनाटपरी बिक्रीबाट राम्रो आम्दानी

भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले महरालाई भेपमा सुन लुकाएर ल्याएको प्रकरणमा सीआईबीले पक्राउ गरेको पुष्टि खबरहबसँग गरेका छन् ।

यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर बयान दिएका थिए ।

पोखरामा यसवर्ष धानको उत्पादन बढ्ने

बाढीले महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट

व्यापारिक केन्द्र बन्यो अपीको मकरीगाड

गुण्डुका किसान मखमली फूल टिप्न र माला गाँस्न व्यस्त

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन् ।

तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका हुन् । गुण्डुका प्राय सबै किसानका बारी यतिखेर मखमली फूलले ढकिढकाउ भएका छन् भने घर–घरमा माला गाँस्न किसानहरू व्यस्त छन् ।

गुण्डुमा उत्पादन भएका फूलहरूले उपत्यका लगायत आसपासका जिल्लामा खपत हुने गरेको छ । भक्तपुरमा २० वर्षभन्दा बढी समयदेखि मखमली फूल उत्पादन हुँदै आएका छन् ।

विद्यालय भवन निर्माणको ठेक्का नै नलगाई भ्रष्टाचार, तीन व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा

ललितपुर महानगरले बनाउने भयो साइकल गुडाउने आकाशे पुल

‘विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख’

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ४१ बजे

तत्काललाई टारे ओलीले संकट, राजीनामा माग्नेहरूलाई भने : महाधिवेशनमा भेटौँला

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निम्तिएको संकट

प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ

प्यालेस्टिनी सात नेतालाई तत्काल रिहा गर्नुपर्ने हमासको अडान

गाजा शहर – हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा

भद्रपुरबाट चार लाखको अवैध पटाका बरामद

झापा – भारतबाट भन्सार छलेर ल्याएको रु चार लाखको पटाका