भेपमा सुन तस्करी : पूर्वसभामुख महराको मुद्दामा थुनछेक बहस सकिएन, हिरासतमै फर्काइयो « Khabarhub

भेपमा सुन तस्करी : पूर्वसभामुख महराको मुद्दामा थुनछेक बहस सकिएन, हिरासतमै फर्काइयो


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको मुद्दामा थुनछेक बहस नसकिएपछि जिल्ला प्रहरीपरिसर काठमाडौंको हिरासतमै फर्काइएको छ ।

दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट (भेप) मार्फत् ९ किलो सुन तस्करी गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले यही आइतबार पक्राउ गरेर सोमबार मुद्दाको फाइल अदालतमा पेश गरेको थियो ।

मंगलबार काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बकपत्र र थुनछेक बहस भएको थियो । तर बहस नसकिएकाले उनलाई हिरासतमै फर्काइएको हो ।

सीआईबीले सोमबार मात्रै महरालाई अभियोगपत्रसहित अदालतमा उपस्थित गराएको थियो । उनीविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।

सरकारी वकिलको कार्यालयका अनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार बराबरको बिगो मागदाबी गरिएको थियो । यो मुद्दामा मंगलबारदेखि थुनछेक बहस अघि बढेको हो ।

चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको दाबी सीआईबीले गरेको छ। महराविरुद्ध कसुरको पूरक अभियोग सोमबार नै दर्ता भएको थियो ।

यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयान दिएका थिए ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो । अख्तियारमा बयान दिएर आएको तीन दिनपछि नै महरा सीआईबीको हिरासतमा पुगे ।

यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा पक्राउ परेका उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडिएको थियो ।

त्यसबेला प्रधानमन्त्री पनि माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । महरामाथि तीनवर्षअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको प्रकरणमा अख्तियारले अनुसन्धान गरेको थियो।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर माओवादीका उपाध्यक्ष उनी सत्ता र शक्तिको भरमा बाहिरै थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : २९ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल