नेप्से परिसूचक दोहोरो अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ । दशैँको बिदालगत्तै आज दोस्रो कारोवार दिनमा कूल १५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर रु २१ करेड ८६ लाख ३५ हजार ६९१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको बाहेक ११ उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०५ विन्दुले बढ्दा बैंकिङ १३.४५, व्यापार २.२८, होटल ५३.६६, विकास बैंक ११.४३, जलविद्युत् ९.०७, वित्त ६.३, निर्जीवन बीमा ४९.५३, उत्पादन १.५२, अन्य २.२१, लघुवित्त १३.८५ र जीवन बीमा ३७.१ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंकको रु दुई करोड ६५ लाख ७३ हजार १२७ मूल्यमा शेयर खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । यस्तै, सिद्धार्थ बैंक रु दुई करोड ६४ लाख पाँच हजार ८९४, नबिल बैंक रु एक करोड २६ लाख २८ हजार ६७९ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार राधी विद्युत् कम्पनीका शेयरधनीले ५.८४, एचआइडिसिएलका लगानीकर्ताले ४.५१ प्रतिशतले कमाउँदा सिनर्जी पावर ६.४९ र अरुण काबेलीका शेयरधनीले ५.६३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ५ : २० बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग