नेपाल श्रीलङ्कासँग पराजित « Khabarhub

नेपाल श्रीलङ्कासँग पराजित


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । 

ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा श्रीलङ्कासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ । नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ । 

पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौं स्थानमा रह्यो । यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो । आज नेपाल श्रीलंकासँग पहिलो सेट १८–२५ ले पराजित भयो भने दोस्रो सेट, १७–२५ तथा तेस्रो सेट २०–२५ ले गुमायो ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ३९ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका