नेपाल श्रीलङ्कासँग पराजित « Khabarhub

नेपाल श्रीलङ्कासँग पराजित


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । 

ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा श्रीलङ्कासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । यससँगै नेपालले प्रतियोगितामा चौथो हार बेहोरेको छ । नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्रै जितेको छ । 

पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौं स्थानमा रह्यो । यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो । आज नेपाल श्रीलंकासँग पहिलो सेट १८–२५ ले पराजित भयो भने दोस्रो सेट, १७–२५ तथा तेस्रो सेट २०–२५ ले गुमायो ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ३९ बजे

पूर्वाधारमन्त्री लम्सालले गरे सेती पुल निरीक्षण

कास्की– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पोखरा पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन

अभिजित दिपके भारत फर्किँदै, दिल्लीमा प्रदर्शन गर्ने कक्रोच जनता पार्टीको तयारी

काठमाडौं- कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके भारत फर्किने भएका

विश्वव्यापी शान्तिको लागि नेपाली सेना हरदम समर्पित : प्रधानसेनापति सिग्देल

काठमाडौं– नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्‍याएको

विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन 

काठमाडौंं– विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि

तेह्र वर्षमुनिको उपाधि पल्सर सीईसीलाई

कीर्तिपुर– प्रथम सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताको उपाधि पल्सर क्रिकेट