कोशी प्रदेश प्रमुख खापुङसमक्ष अख्तियार वार्षिक प्रतिवेदन हस्तान्तरण « Khabarhub

कोशी प्रदेश प्रमुख खापुङसमक्ष अख्तियार वार्षिक प्रतिवेदन हस्तान्तरण


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन आज बुझाएको छ ।
    
प्रदेश प्रमुख खापुङलाई आयोगको इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम  आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन बुझाएका छन् ।
    
प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै आमनेपालीको चाहना मुलुकमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास निर्माणले गति लिइ समृद्धि कायम र स्वदेशमा रोजगारी उपलब्ध हुनुपर्ने रहेको बताए। उनले आयोगलाई बलियो बनाई अनुसन्धानको काम कारबाही अझ सक्षम, प्रबल र प्रभावकारी बनाउन जनताको सहयोग र राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
    
प्रदेश प्रमुख खापुङले आयोगलाई भ्रष्टाचार नियन्त्रण गर्ने काममा संवैधानिक व्यवस्थाले मार्गनिर्देशन गरेको विचार राखे।
    
सो अवसरमा आयोगका इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले आयोगका कार्यालयमा सो आर्थिक वर्षमा दर्ता भएका एवं जिम्मेवारी सरेका गरी दुई हजार ३३६ उजुरी रहेकामा एक हजार ९३५ फछर्यौट भएको जानकारी दिए।    

उनका अनुसार प्रदेशगत रुपमा कोशी प्रदेशअन्तर्गत सङ्घीय कार्यालयका ९०१, प्रदेश सरकारका ४८९ र स्थानीय तहका एक हजार ९०४ गरी कूल तीन हजार २९४ वटा उजुरी रहेका छन् । प्रदेशमा वन तथा वातावरण क्षेत्रका उजुरी अन्यको तुलनामा धेरै २४ दशमलव ४९ प्रतिशत रहेको बताए।
 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ७ : ३४ बजे

आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २० गते बुधबार चैत

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक