भारतद्वारा अफगानिस्तानलाई १६ टन औषधि सहयोग « Khabarhub

भारतद्वारा अफगानिस्तानलाई १६ टन औषधि सहयोग


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले अफगानिस्तानलाई १६ टन औषधि सहयोग गरेको छ । भारतले १६ टन एन्टीभेक्टर औषधि सहयोग गरेको अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका प्रवक्ताले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै तालिबानले मानवीय सहायतास्वरुप भारत सरकारले अफगानिस्तानलाई १६ टन एन्टी भेक्टर रोग प्रतिरोधी औषधि प्रदान गरेको जनाएको हो । यसबाट अफगानिस्तानको स्वास्थ्य क्षेत्रमा भारतको सहयोग र जनस्वास्थ्य र रोग नियन्त्रणमा द्विपक्षीय सहकार्य थप स्पष्ट भएको उल्लेख गरिएको छ ।

भारतको यस सहयोगबाट औलो, डेङ्गु, लिशमेनिअसिसजस्ता रोगको रोकथामका लागि अफगानिस्तानको क्षमता अभिवृद्धि हुने तालिबानको अपेक्षा छ । सहयोगप्रति तालिबान सरकारले भारतलाई धन्यवाद पनि दिएको छ ।

यस सहयोगबाट भारतले आफूलाई अफगानिस्तानको विश्वासिलो साझेदारका रुपमा प्रमाणित गरेको पनि तालिबानले जनाएको छ । हालै अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएपछि भारतले औषधि सहयोग गरेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : १८ बजे

भैँसेपाटीस्थित मन्त्री निवास बस्न अयोग्य, नयाँ मन्त्रीलाई अस्थायी आवासको व्यवस्था गरिने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको