पाकिस्तानको मुद्रास्फीति बढ्यो « Khabarhub

पाकिस्तानको मुद्रास्फीति बढ्यो


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । अक्टोबर महिनामा पाकिस्तानको मुद्रास्फीति ६.२ प्रतिशत पुगेको त्यहाँको तथ्याङ्क ब्यूरोले जनाएको छ ।

मासिक आधारमा यो १.८ प्रतिशतले वृद्धि हो । हालै आएको बाढी र सीमा क्षेत्रमा आपूर्ति श्रृङ्खलामा उत्पन्न अवरोधका कारण मुद्रास्फीति बढेको ब्यूरोले जनाएको छ ।

हालै पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले महत्वपूर्ण नीति दर ११ प्रतिशतमा कायम राखेको छ । नयाँ आर्थिक वर्षअघि मुद्रास्फीति दर ५ देखि ७ प्रतिशत हुने सम्भावनालाई ध्यानमा राख्दै बैंकले यस्तो निर्णय गरेको समाचार संस्था रोटयटर्सले जनाएको छ ।

गत वर्ष पाकिस्तानको मुद्रास्फीति झण्डै ३० प्रतिशतसम्म पुगेको थियो । केन्द्रीय बैंकले समग्र आर्थिक प्रक्षेपण सकारात्मक रहेको जनाएको छ ।

मजबुत औद्योगिक गतिविधि र कृषि उपजमा वृद्धिलेका कारण अर्थतन्त्र सकारात्मक हुने बैंकले जनाएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : ०३ बजे

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : ओमानसँग कीर्तिपुरमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ

फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ

भैरहवा– सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार अभियुक्तलाई रुपन्देही

कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुन खड्का नियुक्त

कर्णाली– कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्