मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ « Khabarhub

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले माग गरेका छन्।

प्रदेश प्रमुखसमक्ष नेपाली कांग्रेससहित सात दलले नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्दै पत्र बुझाएका हुन्।

यही कात्तिक २२ गते मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभाबाट विश्वासको मत नपाउने भएपछि उनले राजीनामा दिएका थिए।

सो अवस्थामा धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रकृया अगाडि बढाउन आह्वान गर्न दलहरुले माग गरेका छन्।

पत्रमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, नेकपा माओवादी केन्द्रसंसदीय दलका नेता भरतकुमार साह, जनमत पार्टीका महेशकुमार यादव, जसपा नेपालका सरोज कुमार यादव, लोसपा नेपालका जैनुल राईन, नेकपा एकीकृत समाजवादी का गोविन्द बहादुर न्यौपाने र नागरिक उन्मुक्ति पार्टीका उर्मिलादेवी सिंहले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुखलाई बुझाइएको हो।

यसअघि यहाँ एमाले र कांग्रेसले गठबन्धन गरेर सरकार गठनको प्रयास गरेका थिए। तर यसपटक भने कांग्रेसले एमालेलाई छोडेर अन्य मधेशवादी दलसँग मिलेर सोनललाई नै पुनः मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ११ : ०३ बजे

आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौं–  नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-८४ को

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– सिराहाको गोलबजार नगरपालिका-६ स्थित सडकमा ना.१ क ९२२८ नम्बरको टिपरको ठक्करबाट

मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउँछौँ : खानेपानीमन्त्री मेहता

काठमाडौं– खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित

पालिकाबाटै स्थायी लेखा नम्बर वितरण

गलकोट– आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर

प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फको फाइनलमा

काठमाडौं– न्यु डायमण्ड युथ स्पोर्टस क्लब प्रधानमन्त्री कप एनभीए महिला