हर्कलाई धक्का : कोशीका थेगिम र लावतीसहितका पहिचानवादी नेता कुलमानको पार्टीतिर « Khabarhub

हर्कलाई धक्का : कोशीका थेगिम र लावतीसहितका पहिचानवादी नेता कुलमानको पार्टीतिर


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोल्न लागेको उज्यालो नेपाल पार्टीमा कोशी प्रदेशका पहिचानवादी पक्षदरहरू समायोजन हुने भएका छन् ।

पहिचानवादी अभियन्ता तथा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार डकेन्द्र थेगिमका अनुसार कुलमानको पार्टीमा ताप्लेजुङबाट सरस्वती लिम्बू सरु नयाँ दलको केन्द्रीय सदस्य हुने भएकी छन्।

पाँचथरबाट डाक्टर महेन्द्र लावती र इलामबाट थेगिम पनि कुलमानको पार्टीमा केन्द्रीय सदस्य हुन लागेका छन्। थेगिमले इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा धरानका मेयर हर्क साम्पाङको तर्फबाट मुडा चुनाव चिह्न लिएर लडेका थिए ।

यससँगै पूर्वमा हर्कको श्रम संस्कृति पार्टीलाई धक्का लाग्ने देखिएको छ । थेगिमले उपनिर्वाचन लड्दा हर्क आफैं इलाम पुगेर खटिएका थिए ।

अहिले हर्क पनि श्रम संस्कृति पार्टीको अभियान लिएर जिल्ला जिल्ला पुगेका छन् । उनले पाँचथरमा हजारौँको सहभागितमा ठूलो कार्यक्रम गरेका थिए । तर उनलाई इलाम र पाँचथरकै नेताहरूले साथ नदिने भएका छन् ।

डाक्टर लावती स्वर्गीय पद्मसुन्दर लावतीका जेठा छोरा हुन्। उनका भाइ सगुनसुन्दर लावती अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा

लिम्बु, थेगिम र लावती कोशी प्रदेशको नामाकरणविरुद्ध विभिन्न आन्दोलनमा सहभागी नेताहरू हुन्। उनीहरू पाथीभरामा केवलकार बनाउन नहुने पक्षमा उभिएका नेता पनि हुन् ।

थेगिमले खबरहबलाई बताएअनुसार पूर्वबाट पहिचानवादी पक्षधरका अन्य नेताहरू कुलमानको पार्टीमा समायोजन हुने छलफल चलिरहेको छ ।

‘थुप्रै साथीहरू पार्टीमा समायोजन हुनु हुनेछ। यस पार्टीले हाम्रा माग र मुद्दा सम्बोधन गर्ने अवस्था छ’, थेगिमले खबरहबलाई भने, ‘हामी पहिलेबाटै संवादमा थियौँ। अहिले कुलमानजी मन्त्री भए पनि भविष्यमा उहाँले नै पार्टी सम्हाल्नुहुन्छ ।’

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : ०१ बजे

‘एक मुठी बादल’ जेठ १ मा प्रदर्शन हुने

काठमाडौं – नायिका आँचल शर्मा शीर्ष भूमिकामा रहेको फिल्म ‘एक

सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर– उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा वृद्धि भएको छ

उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो

काठमाडौं–  निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ

गगनको राजीनामा होइन, महाधिवेशन मिति घोषणा गरौँ : किरण गिरी

काठमाडौं– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण