पाकिस्तानी पत्रकारले संकटको सामना गरिरहेकोमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको चिन्ता « Khabarhub

पाकिस्तानी पत्रकारले संकटको सामना गरिरहेकोमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको चिन्ता


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पत्रकारले संकटको सामना गरिरहेको भन्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

महासङ्घले पाकिस्तानमा पत्रकारलाई लक्षित गर्दै हत्या, पत्रकार र सञ्चार माध्यमका कर्मचारीविरुद्ध ऐन कानुनको दुरुपयोग, अघोषित सेन्सरसिप, रोजगारी खोसिने अवस्था, समयमै तलब नपाउने र राज्य तथा गैर राज्य पक्षबाट हुने दुव्र्यवहारजस्ता घटना बढिरहेकोमा चिन्ता व्यक्त गरेको हो ।

पाकिस्तानको संघीय पत्रकार युनियन र अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि महासङ्घले यस्तो चिन्ता व्यक्त गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

उक्त छलफलमा पाकिस्तान संघीय पत्रकार युनियन र अन्तर्राष्ट्रिय पत्रकार महासङ्घसँगै पेरिसमा मुख्यालय रहेको सिन्डिकेट नेशनल डेस जर्नालिस्टेसका प्रतिनिधि पनि सहभागी थिए ।

महासङ्घले पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र न्यायाधीशहरुलाई पत्रकारको सुरक्षाका लागि तत्काल कदम चाल्न सरकारलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ५ : ५६ बजे

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : ओमानसँग कीर्तिपुरमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ

फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ

भैरहवा– सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार अभियुक्तलाई रुपन्देही

कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुन खड्का नियुक्त

कर्णाली– कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्