भारतमा लडाकु विमान निर्माण गर्न फ्रान्स प्रतिबद्ध « Khabarhub

भारतमा लडाकु विमान निर्माण गर्न फ्रान्स प्रतिबद्ध


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा डासोउ रफायल लडाकु विमान निर्माण गर्न फ्रान्स प्रतिबद्ध रहेको भारतका लागि फ्रान्सेली राजदूतले बताएका छन् । भारतका लागि फ्रान्सका राजदूत थिएरी माथोउले भारतमा डासोउ रफायल निर्माण गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको जनाएका हुन् ।

भारतीय समाचार संस्था द प्रिन्टसँगको कुराकानीमा उनले यसबाट रक्षा सम्बन्ध मात्रै नभइ जनस्तरको सम्बन्ध पनि मजबुत हुने विश्वास व्यक्त गरे । ‘हामीले रफायलबारे दुई सम्झौता गरिसकेका छौँ ।’ उनले भने ।

उनले भारतमा निर्माण गर्न फ्रान्सेली कम्पनी तयार रहेको र भारतका लागि पनि यो निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

भारतले १ सय १४ वटा नयाँ रफायल लडाकु विमान खरिद गर्ने तयारी गरिरहेको द प्रिन्टले जनाएको छ । यसबारे अर्को वर्षसम्म सम्झौतालाई अन्तिम रुप दिइने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ४६ बजे

दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको हो : कानुनमन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका