पाकिस्तानमा ईशनिन्दाको आरोपमा दृष्टिविहीन इसाई पक्राउ « Khabarhub

पाकिस्तानमा ईशनिन्दाको आरोपमा दृष्टिविहीन इसाई पक्राउ


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा एक जना दृष्टिविहीन इसाई धर्मावलम्बीलाई ईशनिन्दाको आरोपमा पक्राउ गरिएको छ । मुसलमान छिमेकीले ईशनिन्दाको आरोप लगाएपछि ४९ वर्षीय नदिम मसिहलाई पक्राउ गरिएको हो ।

मसिहमाथि इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको निन्दा गरेको आरोप लगाइएको छ । उनकी आमा मार्था युसफले यसअघि पनि मुसलमान छिमेकीले मसिहमाथि दुव्र्यवहार गर्दै आएको बताइन् ।

उनका अनुसार छिमेकी वाकस मजहार र अन्य छिमेकीले मसिहबाट पैसा असुल्ने, उनीमाथि पानी छ्यापिदिने र उनलाई गालीगलौज गर्दै आएका थिए । मजहार लाहौर शहरको मोडल टाउन पार्क क्षेत्रमा पार्किङ ठेकेदारको रुपमा काम गर्दै आएका छन् भने मसिह सामान्य व्यापारी हुन् ।

कहिलेकहीँ अपाङ्गता भएको देखेर कसैले मसिहलाई केही रकम पनि दिने गरेको जनाइएको छ । यद्यपि उक्त रकम मुसलमानहरुले लुटेर लगिदिने गरेको युसफले बताइन् ।

मसिहले पसल खोल्नै लाग्दा गत अगस्ट २१ का दिन मजहर र अन्य मुसलमानले दुव्र्यवहार गरेका थिए । मसिहले त्यसको विरोध गरेपछि उनलाई मोटरसाइकलमा राखेर नजिकैको प्रहरी चौकी लगिएको थियो ।

त्यहाँ उनीविरुद्ध ईशनिन्दाको आरोप लगाइएको थियो । सोही प्रहरी चौकीमा उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ७ : १६ बजे

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : ओमानसँग कीर्तिपुरमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ

फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ

भैरहवा– सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार अभियुक्तलाई रुपन्देही

कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुन खड्का नियुक्त

कर्णाली– कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्