माओवादीबाट १० नेताको विद्रोह : जनार्दनको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लागेको घोषणा « Khabarhub

माओवादीबाट १० नेताको विद्रोह : जनार्दनको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लागेको घोषणा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  माओवादी आन्दोलनमा दशकौँदेखि सक्रिय केही केन्द्रीय सदस्यहरूले नेकपा (माओवादी केन्द्र) बाट अलग हुँदै जनार्दन शर्माको नयाँ राजनीतिक अभियानमा लागेको घोषणा गरेका छन् । 

उनीहरूले शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ नामक नयाँ संगठनमार्फत देशभक्त, वामपन्थी, जनतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई गोलबद्ध गर्ने घोषणा गरेका हुन् ।

नेता लक्ष्मण पन्त, ओम शर्मा, सागर पोखरेल, रामहरि पुडासैनी, धर्मराज खतिवडा, ईश्वर पौडेल, बाबुराम सापकोटा, दिल निशानी मगर र इञ्जिनियर प्रतीक पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ-
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र लोकतन्त्रको अभ्यास नगरी नातावाद, कृपावाद र सत्तालिप्सामा पार्टीलाई डुबाए । 

‘हामीले पटक–पटक पार्टीभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र पुनर्गठनको माग गर्दै आएका थियौं, तर ती मागहरूलाई बेवास्ता गर्दै अध्यक्ष प्रचण्डले सत्ता र शक्तिको लोभमा माओवादी आन्दोलनकै गौरवशाली इतिहास मेटाउने प्रयास गरेका छन्’, उनीहरूले भनेका छन् ।

नेताहरूले माओवादी केन्द्रबाट छुट्टिँदै माधव नेपालसँग गरिएको फोहोरी एकतामार्फत पार्टीलाई भ्रष्ट र जनविरोधी दिशामा लगिएको आरोप पनि लगाएका छन् । उनीहरूले माओवादी नेतृत्वको सत्तालिप्सा र परिवारवादले कम्युनिष्ट आन्दोलनको नैतिक धरातल कमजोर पारेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा हालैको जेन्जी आन्दोलनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै भनिएको छ, ‘राज्यका संरचनाहरू खरानी भएका बेला नेताहरू व्यारेकमै लुकेर बसे, यो जनताप्रति ठूलो धोका हो। त्यसका लागि जिम्मेवारी लिनुको साटो, फेरि पनि आफूलाई कुर्सीमा राख्ने खेल भइरहेको छ ।’

जनार्दन नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ ले देशभित्र र बाहिर रहेका सबै देशभक्त, वामपन्थी र प्रवासी नेपालीहरूलाई नयाँ दृष्टि र जनमुखी कार्यक्रमका साथ एकताबद्ध हुन आह्वान गरिसकेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘विगत दुई दशकदेखि सत्तामा रहेर देशलाई दिशाहीन बनाउने पुराना नेताहरूबाट मुक्त भएर नयाँ पुस्ताले देश पुनर्संरचना गर्ने समय आएको छ ।’

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : ५८ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय