प्रचण्डको आरोप : चारवटा बिहे गरेको भनेर ओलीले मदन भण्डारीको बदनाम गरे | Khabarhub Khabarhub

प्रचण्डको आरोप : चारवटा बिहे गरेको भनेर ओलीले मदन भण्डारीको बदनाम गरे


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीको अपमान र बदनाम गरेको आरोप लगाएका छन्।

एमालेकै पूर्वउपाध्यक्ष डा. भीम रावललाई नेकपामा स्वागत गर्न बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो आरोप लगाएका हुन्।

‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने कोशिश गरिरहेको छ,’ उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीकै अगाडि एमाले नेतृत्वले मदन भण्डारीलाई सहकारी ठगीको आरोप लागेको थियो, चारवटा विवाह गरेको आरोप लागेको थियो भनेर अपमान गर्न खोजे, यो भन्दा अपमान अरु हुन सक्छ?’

दाहालले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले अब मदन भण्डारीको हुन नसक्ने बताए ।

उनले एमालेका इमानदार नेता तथा कार्यकर्तालाई पनि नेकपामा आउन निम्ता दिए । ‘विद्यालाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुन सक्दैन, एमालेभित्रका इमानदार, देशभक्त, वामपन्थीहरूलाई म आह्वान गर्छु, यो एकीकरण प्रक्रियामा सबै सहभागी बनौँ ।’

दाहालले आफूहरूले विभिन्न घटक जोडेर विशाल कम्युनिस्ट पार्टी बनाएको भन्दै यो कुनै रणनीतिक उद्देश्यले एकता नभएको दाबी गरे । उनले यो चुनावी जित्नको लागि मात्रै एकता नभएर राष्ट्र बचाउन चालिएको सुविचारित कदम भएको पनि बताएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : ३७ बजे

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति

एमाले प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइन्छ: शंकर पोखरेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा परे नेपालमै कार्यरत ३१ जना

ललितपुर– विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार

गोरखा – उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको

महाधिवेशनको मितिले कांग्रेसमा भाँडभैलो

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति