ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन् « Khabarhub

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण आन्दोलनमा निर्मम दमन र हत्या गर्नेले आफ्नो पार्टीलाई वृद्धाश्रम भनेको बताएका छन् ।

बुधबार काठमाडौंमा डा. भीम रावल लगाएतका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गराउँदै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो भनेका हुन् ।

भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा जेन-जी युवाहरूले शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले आफ्नो पार्टीलाई वृद्धाश्रम भनेको गुनासो दाहालले गरेका हुन् ।

उनले आफ्नो पार्टीले युवाहरूलाईसदैव सम्मान गरेको भन्दै जेन-जीहरूले बिस्तारै बुझ्दै जाने जिकिर गरे । उनले अहिले देश अप्ठेरोमा रहेको अवस्थामा चुनाव जित्न नभई राष्ट्र बचाउन एकता गरिएको दाबी गरे ।

प्रचण्डले अहिलेको परिस्थितिमा नेपाली कम्युनिस्ट पार्टीको अभियान सुरू गरेको भन्दै आफ्नो तर्फबाट कुनै आग्रह र पूर्वाग्रह नहुने स्पष्ट पारे ।

मुलुकमा देखिएको प्रतिक्रियावादी षडयन्त्र परास्त गर्न जस्तोसुकै मूल्य चुकाउन पनि आफु तयार रहेको उनले बताए ।

त्यस्तै प्रचण्डले नेकपा एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने काम गरिरहेको जिकिर गरेका छन् ।

विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुनै नसक्ने भएकाले त्यहाँ रहेका नेता–कार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन उनले आह्वान गरे ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूको एकताले अरु दलहरू आत्तिएको बताए ।

उनले मुलुकलाई निकास दिँदै देश र जनताप्रति समर्पित भएर अघि बढ्ने बताए। आफूहरूको एकता निरन्तर अघि बढ्ने भन्दै उनले देशभक्तलाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : २२ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा