भारत र रुसले द्विपक्षीय ‘मोबिलिटी’ सम्झौतामा हस्ताक्षर गर्ने « Khabarhub

भारत र रुसले द्विपक्षीय ‘मोबिलिटी’ सम्झौतामा हस्ताक्षर गर्ने


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र रुसले द्विपक्षीय ‘मोबिलिटी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा यस्तो सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

पुटिनले आगामी डिसेम्बर महिनाको पहिलो साता भारत भ्रमण गर्दैछन् । नयाँ सम्झौताले कानुनी आप्रवासन, कामदारको अधिकार रक्षा र रुसमा दक्ष भारतीय जनशक्तिको विस्तार हुने भारतको द हिन्दू अखबारले जनाएको छ ।

हाल रुसले आफ्नो अर्थतन्त्र विस्तारका लागि दक्ष कामदार खोजिरहेका बेला दुई मुलुकबीच यस्तो सम्झौता हुन लागेको हो । समाचारमा जनाइए अनुसार नयाँ सम्झौताले हाल रुसमा बसोबास गरिरहेका भारतीयका लागि कानुनी सुरक्षा पनि प्रत्याभूत गर्नेछ ।

त्यसबाहेक रुसको निर्माण, टेक्सटाइल, इन्जिनियरिङ र इलेक्ट्रोनिक्सजस्ता क्षेत्रमा नयाँ रोजगारी पनि सिर्जना गर्नेछ । यस वर्षको अन्त्यसम्म रुसी श्रम मन्त्रालयको कोटाअनुसार ७० हजारभन्दा धेरै भारतीय नागरिक रुसमा औपचारिक रोजगारमा समावेश हुनेछन् ।

मस्कोमा रहेको भारतीय व्यापार साझेदारी (आईबीए) ले यस सम्झौताको स्वागत गर्दै यो सम्झौता द्विपक्षीय सम्बन्धमा रणनीतिक कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेकोे छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १ : २५ बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं