कांग्रेस पार्टीभित्रको विवादलाई अन्त्य गरी गाउँमा जानुपर्छः भुपेन्द्रजंग शाही « Khabarhub

कांग्रेस पार्टीभित्रको विवादलाई अन्त्य गरी गाउँमा जानुपर्छः भुपेन्द्रजंग शाही


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता भुपेन्द्रजङ्ग शाहीले पार्टीभित्र महिनौँदेखि सानेपामै जारी आन्तरिक विवादलाई अन्त्य गर्दै अब सम्पूर्ण ऊर्जा गाउँ–गाउँमा जनतामाझ पुगेर संगठन सुदृढिकरणमा लक्षित हुन नेता तथा कार्यकर्ता सबैलाई आग्रह गरेका छन्।

नेता शाहीले वर्तमान सङ्कटको घडिमा पार्टिमा सहमति र एकता गर्नुपर्ने बेलामा सानेपामा बसेर आपसमै कलह गर्ने प्रवृत्तिले कांग्रेसलाई बलियो नभई उल्टै कमजोर बनाइरहेको टिप्पणी गरेका छन् । उनले समय, शक्ति र उत्साहको सही सदुपयोग जनताको घरदैलोमा गएर मात्र सम्भव हुने बताए।

‘नेपाली कांग्रेसले जति सक्दो चाँडो जनसम्पर्क विस्तार, प्रत्यक्ष सम्पर्क विस्तार, स्थानीय संरचना सुदृढीकरण र जनताको वास्तविक समस्य नबुझ्ने हो भने संगठनात्मक रूपमा कमजोर बन्दै जाने जोखिम रहन्छ,’ शाहीले भने, ‘गाउँ–गाउँमा हिँडेर जनताको वास्तविक समस्या बुझौँ, नागरिकको विश्वास जितौँ।’ शाहीले आन्तरिक विवाद समाधानका लागि संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पार्टी नेतृत्वलाई समग्र संगठन हितका लागि सहमति, मध्यमार्गी र व्यवहारिक निर्णय लिन पनि सुझाव दिएका छन्।

नेता शाहीले विषम परिस्थितिमा यति लामो समयसम्म केन्द्रीय समिति बैठक अलमल मै हुनु दुखद भएको बताए।

‘यो विषम परिस्थिति हो, एक वर्षमा गर्ने काम एक महिनामा गर्नुपर्ने बेला छ, नियमित महाधिवेशन गर्न लाग्ने समय जति केन्द्रीय समिति बैठक लम्ब्याएर सकिँदैछ, एक सातामै बैठक सक्नुपर्थ्यो।’ कालिकोटमा रहेका शाहीले भने, ‘म त गाउँमा छु, पार्टी अनिर्णयको बन्दी भएको र ठोस निर्णय लिन नसकेकोमा भुइ मानिसहरूले मन पराइरहेका छैनन्। बहुमत, अल्पमत, पक्ष वा विपक्षका कुरा नेताहरूको हो, गाउँमा बस्ने र संधै पार्टिको लागि खटिरहने मानिस त पार्टी भित्र पुर्ण एकता र ठोस निर्णय कुरेर बसेका छन्, पार्टीले कुनै निर्णय लिन नसक्दा निराश छन्।’

पार्टीभित्र जारी आन्तरिक विवादलाई समाधान गरेर अब सम्पूर्ण ऊर्जा र शक्ति गाउँ–गाउँमा केन्दृत गर्दै जनतामाझ पुगेर संगठन सुदृढिकरण र निर्वाचनको तयारिमा सबै नेता कार्यकर्ता सहमति र एकतावद्ध भएर लाग्न नेता शाहीले सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : ३५ बजे

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ– सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ

दशरथ रंगशालामा विस्थापितको भीड: नाम दर्तासँगै बाँच्ने अधिकारको लडाइँ

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरपछि घरबारविहीन

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

बागलुङ– बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा