भारतले पहिलो पटक अमेरिकाको पश्चिमी तटमा पठायो हवाइ इन्धन « Khabarhub

भारतले पहिलो पटक अमेरिकाको पश्चिमी तटमा पठायो हवाइ इन्धन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले पहिलो पटक अमेरिकाको पश्चिमी तटमा हवाइ इन्धन पठाएको गरेको छ । गत अक्टोबरमा दक्षिणी क्यालिफोर्नियाको एल सेगुन्दो प्रशोधन केन्द्रमा आगलागी भएपछि हवाइ इन्धन उत्पादन ठप्प भएको थियो ।

आगलागीका कारण सेभरन कम्पनीको दैनिक २ लाख ८५ हजार ब्यारेल हवाइ इन्धन उत्पादन गर्ने कारखाना बन्द भएपछि भारतले त्यसतर्फ इन्धन पठाएको हो । भारतले त्यसतर्फ पठाएको इन्धनको परिमाण ६० हजार मेट्रिक टन (४ लाख ७२ हजार ब्यारेल) रहेको इकोनोमिक टाइम्सले जनाएको छ ।

उक्त परिमाणको इन्धन गत अक्टोबर २८ र २९ मा भारतको जामनगर बन्दरगाहबाट हफिना कलाङ नामक पानामाक्स ट्याङ्करमा लोड गरिएको थियो । केप्लर, एलएसईजी र चार व्यापार स्रोतका अनुसार सो बन्दरगाह क्षेत्रमा भारतीय कम्पनी रिलायन्स इण्डस्ट्रिजको प्रशोधन केन्द्र सञ्चालनमा छ ।

यो जहाजलाई क्यासलटन कमोडिटिजले चार्टर गरेको हो । जहाज डिसेम्बर महिनाको शुरुतिर लस एन्जल्स पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : ०४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि