काठमाडौं- भारतले पहिलो पटक अमेरिकाको पश्चिमी तटमा हवाइ इन्धन पठाएको गरेको छ । गत अक्टोबरमा दक्षिणी क्यालिफोर्नियाको एल सेगुन्दो प्रशोधन केन्द्रमा आगलागी भएपछि हवाइ इन्धन उत्पादन ठप्प भएको थियो ।
आगलागीका कारण सेभरन कम्पनीको दैनिक २ लाख ८५ हजार ब्यारेल हवाइ इन्धन उत्पादन गर्ने कारखाना बन्द भएपछि भारतले त्यसतर्फ इन्धन पठाएको हो । भारतले त्यसतर्फ पठाएको इन्धनको परिमाण ६० हजार मेट्रिक टन (४ लाख ७२ हजार ब्यारेल) रहेको इकोनोमिक टाइम्सले जनाएको छ ।
उक्त परिमाणको इन्धन गत अक्टोबर २८ र २९ मा भारतको जामनगर बन्दरगाहबाट हफिना कलाङ नामक पानामाक्स ट्याङ्करमा लोड गरिएको थियो । केप्लर, एलएसईजी र चार व्यापार स्रोतका अनुसार सो बन्दरगाह क्षेत्रमा भारतीय कम्पनी रिलायन्स इण्डस्ट्रिजको प्रशोधन केन्द्र सञ्चालनमा छ ।
यो जहाजलाई क्यासलटन कमोडिटिजले चार्टर गरेको हो । जहाज डिसेम्बर महिनाको शुरुतिर लस एन्जल्स पुग्ने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया