पर्सा– सशस्त्र प्रहरी बलको टोलीले विशेष सूचनाका आधारमा पर्साको विन्दवासिनी गाउँपालिका–६ बटसौरामा कुन्युभित्र लुकाइराखेको दुई सय १३ केजी गाँजा बरामद गरेको छ ।
गस्तीमा रहेको टोलीले मङ्गलबार उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए ।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा चोरीतस्करी तथा लागूऔषध ओसारपसार हुन नदिन ‘इन्टेलिजेन्स लिड अपरेसन’ सञ्चालन गरेको छ ।













प्रतिक्रिया