प्रलोपाले विभिन्न माग राखेर प्रधानमन्त्री कार्कीलाई बुझायो ज्ञापनपत्र « Khabarhub

प्रलोपाले विभिन्न माग राखेर प्रधानमन्त्री कार्कीलाई बुझायो ज्ञापनपत्र


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १८ वर्ष उमेरबाटै जनप्रतिनिधिको उम्मेदवार बन्न र चुनिन पाउने थप कानून व्यवस्थाको सुनिश्चितता लगायतका माग राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।  

बुधबार सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएको हो । 

प्रलोपाले फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने, विदेशमा रहेका नेपालीको मताधिकार, भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने लगायतमा माग राखेका छन् ।

त्यस्तै जेन-जी जनआन्दोलनको म्यान्डेटलाई स्वीकार गर्दै आन्दोलनकारी शक्तिहरूसँगको सम्झौता पत्रमा तत्काल हस्ताक्षर गर्न समेत ध्यानाकर्षण गराइएको  प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँतीले जानकारी दिए ।

त्यसैगरि जेन-जी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने, सहकारी पीडितहरूको पाँच लाखसम्मको बचत रकम तत्काल सरकारले क्षतिपूर्ति स्वरूप उपलब्ध गराउनुपर्ने, मिटरब्याजी र लघुवित्तको ठगी रोक्नुपर्ने तथा आर्थिक मन्दीका कारण समस्यामा परेका साना उद्यमीहरूलाई कालो सूचीबाट हटाउनुपर्ने लगायतका माग प्रस्तुत गरिएको उनले बताए ।

त्यस्तै प्रलोपाले वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति र भन्सार सुविधामा सरलीकरण तथा विदेश पढ्न जाने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर को प्रक्रिया झन्झटरहित बनाउनुपर्ने, किसानहरूलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराउनुपर्ने लगायतका माग अघि सारेको छ । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ३३ बजे

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।