खलङ्गा–कालीमटी सडकः १३ वर्षदेखि धुलोको आहारा | Khabarhub Khabarhub

खलङ्गा–कालीमटी सडकः १३ वर्षदेखि धुलोको आहारा


५ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–जाजरकोट सदरमुकामबाट करीब २३ किलोमिटर दुरीमा रहेको दल्लीसम्मको सडक निर्माण भएको १३ वर्ष बित्यो ।

कच्ची कटान गर्ने जिम्मा लिएको नेपाली सेनाले यो सडक सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

१३ वर्षसम्म खलङ्गादेखि दल्लीसम्मको सडक स्तरोउन्नति नहुँदा दैनिक सास्ती हुने गरेको छ । यो सडकमा गुड्ने कैयुन यात्रु पीडा पाउँछन् नै, तर राज्यको नीति निर्माण तहमा पुगेका नेता सधैं रमिते बन्दै गाडीमा रुमालले मुख छोप्दै यात्रा गदै आएका छन् ।

जाजरकोट– डोल्पा सडक खण्डभित्रपर्ने यो सडक ट्याक खुल्ला भएको दशक बितेपनि राज्यको ध्यान जान नसक्दा स्थानीयवासी पीडा भोग्न बाध्य भएका छन् । राष्ट्रिय महत्वको भेरी करिडोरभित्र पर्ने सडक भए पनि स्तरोउन्नति नहुँदा यात्रु र स्थानीयवासी दैनिक धुलोको आहारा हुँदै आएको छ । राजनीतिक नेतृत्वसँग हुने भेटघाट र जनसभामा यी सडक सुधारको मुख्य नारा भए पनि काठमाडौँ जाने वित्तिकै सपनाको स्मृतिसम्म नहुने गरेको स्थानीयवासीको भनाइ छ ।

आधा दर्जन खोला रहेको यो सडकमा सुधारका लागि कुनै पहल नगर्दा दैनिक सर्वसाधारणले पीडा मात्र भोग्दैन्न, यात्रा पनि कठिन हुँदै गएको छ । वर्षायाममा वर्षेनी अवरुद्ध हुँदै जोखिम हुने यस सडकमा यात्राभन्दा पीडा बढी हुने गरेको नलगाड नगरपालिका– ८ का नीरज केसीले बताए ।

जाजरकोट हुँदै डोल्पा जाने मुख्य सडक भए पनि स्तरोउन्नतिको लागि प्राथमिकता नपर्दा स्थानीयवासी आक्रोषित भएका हुन् । अघिल्लो आर्थिक वर्षमा कालोपत्र गर्नका लागि बोलपत्र अह्वान भए पनि त्यसलाई रद्द गरिएको थियो ।

त्यस्तै कालीमटीमा रहेको झुर्मेखोलाको पुल र नलगाड नदीमा रहेको पुलको बेलपत्र आह्वान भए पनि अन्तिममा रद्द भएको सडक डिभिजन चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।

यो सडक स्तरोन्नति नहुँदा आधादर्जन सवारी दुर्घटनासमेत भइसकेको ट्राफिक कार्यालय जाजरकोटले जनाएको छ । कच्ची र ठाउँ, ठाउँमा भत्किएको सडकमा यातायातका साधन चलाउँदा दुर्घटना बढेको प्रहरीको भनाइ छ ।

कात्तिक ४ गते राष्ट्रियसभा सदस्य कालीबहादुर मल्ल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य नीरज आचार्य लगायतका नेता सोही बाटोमा यात्रा गरे। धुलोले नाक छोप्दै यात्रा गरेका उनीहरुले सडक छिटो निर्माणका लागि पहल गर्ने बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : ३९ बजे

मैले चाहेको प्रधानमन्त्री, उनीहरूको प्रस्ताव खानेपानी र श्रम : हर्क साम्पाङ

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला