युवा राजनीतिकर्मीलाई गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सम्भव छैन–नेता नेपाल « Khabarhub

युवा राजनीतिकर्मीलाई गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सम्भव छैन–नेता नेपाल


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बुधवार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएका नेकपाका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

देशले एउटा शाहसी, आशालाग्दो र परिणाममुखी, काममा सदा सक्रिय रहेन युवा राजनीतिकर्मीलाई गुमाउनुको पीडा शव्दमा व्यक्त गर्न सम्भव नभएको नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीलाई एकिकृत बनाउन लिएको पहलकदमी एवं पछिल्ले समय मन्त्रीका रुपमा उनले आरम्भ गरेका सुधारका कार्यहरुबाट सिंगो पार्टी नै लाभाविन्त हुने नेता नेपालले जारी गरेको विज्ञप्तिमा उल्लखे गरिएको छ ।

नेता नेपालले अकल्पनीय दुर्घटनाका कारण सिंगो पार्टी, अधिकारीकी धर्मपत्नी, आमा बुवा, छोराहरुसहित दुर्घटनामा निधन हुने सम्पूर्णका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ५ : ४९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि