काश्मीर आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय अधिकारीहरुको ठहर « Khabarhub

काश्मीर आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय अधिकारीहरुको ठहर


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित काश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा छ जनाविरुद्ध अभियोग दर्ता गरेको जानकारी दिएको छ । भारतीय अधिकारीहरूले उक्त आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको बताएका छन् ।

भारतीय अधिकारीहरूका अनुसार अभियोग लगाइएकामध्ये तीन जनाको मृत्यु भइसकेको छ भने दुई जना हाल भारतीय हिरासतमा रहेका छन् । गत अप्रिलमा भएको उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश हिन्दू पर्यटकहरू रहेका थिए । सो घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै छोटो अवधिको तर तीव्र द्वन्द्वको अवस्था सिर्जना भएको थियो ।

नयाँदिल्लीले काश्मीरको प्रसिद्ध रिसोर्ट सहर पहलगाममा भएको आक्रमणलाई पाकिस्तानको समर्थनमा गरिएको आक्रमणका रूपमा व्याख्या गरेको छ । तर इस्लामाबादले भने यस आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ । प्रारम्भमा ‘द रेजिस्टेन्स फ्रन्ट’ ९टिआरएफ० नामक समूहले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको थियो ।

संयुक्त राज्य अमेरिकाले टिआरएफलाई पाकिस्तानमा आधारित र संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबा (एलइटी) को ‘फ्रन्ट र प्रोक्सी’ का रूपमा वर्णन गर्दै आएको छ । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले दर्ता गरेको आरोपपत्रमा ‘पाकिस्तानको षड्यन्त्रको विस्तृत विवरण’ समेटिएको बताइएको छ ।

एनआइएको विज्ञप्तिमा भनिएको छ, “पहलगाम आक्रमणको योजना, सुविधा र कार्यान्वयनमा भूमिकाका लागि प्रतिबन्धित लश्कर–ए–तैयबा तथा टिआरएफलाई एक आपराधिक संस्थाका रूपमा कानूनी कारबाहीको दायरामा ल्याइएको छ ।” एजेन्सीले ‘पाकिस्तानी ह्यान्डलर साजिद जट्ट’ लाई पनि अभियुक्तका रूपमा समावेश गरिएको जनाएको छ, यद्यपि उनी हाल कहाँ छन् भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

आरोपपत्रमा अन्य तीन जना ‘पाकिस्तानी’ आतङ्कवादीहरू—फैसल जट्ट उर्फ सुलेमान शाह, हबीब ताहिर उर्फ जिब्रान र हम्जा अफगानी—को नाम पनि उल्लेख गरिएको छ । एनआइएका अनुसार ती तीनै जना आक्रमण भएको केही हप्तापछि काश्मीरका जङ्गल क्षेत्रमा भारतीय सुरक्षा बलले मुठभेडमा मारिएका थिए ।

यसै क्रममा, आक्रमणकारीहरूलाई शरण दिएको आरोपमा जुन महिनामा पक्राउ परेका दुई जना स्थानीय बासिन्दा परवेज अहमद र बशीर अहमद जोथाटलाई पनि अभियोग लगाइएको एनआइएले जानकारी दिएको छ । उनीहरूमाथि आक्रमणकारीहरूलाई सहयोग पुर्‍याएको आरोप लगाइएको छ ।

अप्रिल २२ मा भएको सामूहिक हत्याकाण्डपछि आणविक हतियार सम्पन्न भारत र पाकिस्तानबीच कूटनीतिक तनाव अत्यन्त चर्किएको थियो । त्यसपछि दुवै पक्षबाट मिसाइल, ड्रोन र तोपखानाको प्रयोगसहित चार दिनसम्म चलेको तीव्र सैन्य झडप भएको थियो, जसमा दुवै तर्फ गरी ७० जनाभन्दा बढी मानिसको ज्यान गएको बताइएको छ ।

मुस्लिम बहुल काश्मीर सन् १९४७ मा ब्रिटिस शासन अन्त्य भई भारत र पाकिस्तान स्वतन्त्र भएदेखि नै विभाजित अवस्थामा रहेको छ । दुवै देशले काश्मीरमाथि पूर्ण दाबी गर्दै आएका छन् र यस क्षेत्रको नियन्त्रणलाई लिएर दुईवटा युद्धसमेत लडिसकेका छन् । विभाजित काश्मीरको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै विद्रोही समूहहरूले सन् १९८९ देखि सशस्त्र विद्रोह सञ्चालन गर्दै आएका छन्, जसका कारण यो क्षेत्र दशकौँदेखि अस्थिरतामा रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ९ : ३३ बजे

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले