काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन सुझाव दिएका छन्।
आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रवक्ता रामशरण महतले नेता लेखकले बयान दिनु उपयुक्त हुने बताएका हुन्।
जेनजी आन्दोलन जाँचबुझ आयोगले उनलाई बयानका लागि बोलाउने निर्णय गरेपछि नेताहरुले यस्तो सुझाव दिएका हुन् ।
महतले बैठकमा लेखकले बयान दिने नै बेस हुने बताएका छन्।
बैठकको निरन्तरता स्वरूप बिहीबार दिउँसो १ बजे पुनः बैठक बस्ने निर्णय पनि भएको महतले जानकारी दिए।













प्रतिक्रिया