माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन « Khabarhub

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।

काठमाडौंको बुद्धनगरमा जारी केन्द्रीय समितिको चौथो विशेष बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव विप्लवले कार्यकर्तालाई एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न निर्देशन दिएका छन्।

उनले पार्टीभित्र वा बाहिर कसैसँग पनि चुनावी तालमेल गर्ने विषयमा हालसम्म कुनै आधिकारिक छलफल नभएको स्पष्ट पारे।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा केही परिवर्तन आएको उल्लेख गर्दै विप्लवले पार्टी स्वतन्त्र रूपमा चुनाव लड्ने तयारीमा रहेको कुरा दोहोर्‍याए।

बैठकमा सम्बोधन गर्दै उनले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै प्रतिस्पर्धा गर्ने र ११० जनाको समानुपातिक सूचीसमेत पेश गर्ने योजना रहेको बताए।

महासचिव विप्लवले बुद्धिजीवी, व्यवसायी, अवकाश प्राप्त कर्मचारी तथा विदेशमा रहेका सचेत राष्ट्रप्रेमी नेपालीलाई समेत समेट्दै करिब २५ प्रतिशत उम्मेदवार टुंग्याउने तयारी भइरहेको जानकारी दिए।

बैठकमा सहभागी जनपत्रकार संगठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेका अनुसार देशभरबाट करिब ३ सय नेताहरू काठमाडौंमा भेला भएका छन्।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ४ : १३ बजे

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका