स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता « Khabarhub

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)बीच राजनीतिक सहमति भएसँगै उनी स्वतन्त्र रहेनन् । स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौंको मेयर भएका बालेन अब रास्वपा नेता बनेका हुन् ।

रास्वपा उपसभापति स्वार्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् बालेन रास्वपा नेता बनेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बालेन्द्र साहः अब रास्वपा नेता ।

आज बिहान ४ः१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ।’

बालेन २०७९ सालमा सम्पन्न स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।

प्रमुख दललाई हराएर स्वतन्त्र मेयर बनेपछि बालेनको क्रेज देशव्यापी बन्दै गएको हो । यही बालेनको क्रेजलाई रास्वपा र रवि लामिछानेले सहकार्यका लागि सात बुँदे सहमति गरेको हो ।

सहमतिअनुसार रास्वपाको नेतृत्वमा रवि लामिछानेले गर्नेछन् । रास्वपा सभापति रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गरेका छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ८ : ४९ बजे

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोालउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट