स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता « Khabarhub

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)बीच राजनीतिक सहमति भएसँगै उनी स्वतन्त्र रहेनन् । स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौंको मेयर भएका बालेन अब रास्वपा नेता बनेका हुन् ।

रास्वपा उपसभापति स्वार्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् बालेन रास्वपा नेता बनेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बालेन्द्र साहः अब रास्वपा नेता ।

आज बिहान ४ः१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ।’

बालेन २०७९ सालमा सम्पन्न स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।

प्रमुख दललाई हराएर स्वतन्त्र मेयर बनेपछि बालेनको क्रेज देशव्यापी बन्दै गएको हो । यही बालेनको क्रेजलाई रास्वपा र रवि लामिछानेले सहकार्यका लागि सात बुँदे सहमति गरेको हो ।

सहमतिअनुसार रास्वपाको नेतृत्वमा रवि लामिछानेले गर्नेछन् । रास्वपा सभापति रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गरेका छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ८ : ४९ बजे

खानासम्बन्धी हाम्रो समाजमा व्याप्त यी १० भ्रमको पछि नलागौँ

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा भ्युज बढाउन राखिने आकर्षक तर

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहौल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेन-जी

सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज

नारायणगढ–  चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन

एकीकृत परिवार योजना शिविर: सेवा छ, पुरुष सेवाग्राही छैनन्

काठमाडौं– पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा

चिराइतो बिक्री नहुँदा  किसान चिन्तित

फुङ्लिङ– यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्