रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ? « Khabarhub

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीचको सहमतिमा जेनजी र सरकारबीचको सम्झौता कार्यान्वयनको विषय नसमेटिएको भन्दै प्रश्न उठेको छ ।

जेनजी समूहकै मजिद अन्सारीले रक्षा बम र पुरुषोत्तम यादव वार्तामा सहभागी हुँदा सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयनको सवाल नउठाएको भन्दै प्रश्न गरेका हुन् ।

रवि र बालेनबीच सात बुँदे सहमति भए लगत्तै अन्सारीले सामाजिक सञ्जालमार्फत् सम्झौतामा किटानीसहित जेनजी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्ने बुँदा नसमेटिएको भन्दै आपत्ति जनाएका हुन् । उनले यो किन समेटिएन भनेर जेनजी नेता रक्षा बम र पुरुषोत्तम यादवलाई प्रश्न गरेका छन् ।

‘रक्षा बमज्यू तथा राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध पुरुषोत्तम यादव ज्यु लगायत वार्तामा सामेलहरुलाई सोझो प्रश्न, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र बालेन्द्र शाह बीचमा भएको समझौतामा किटानी सहित जेनजी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकार बीचमा भएको १० बुँदे सम्झौता (मिति २०८२ मंसिर २५ गते नेपाल राजपत्रमा प्रकाशित) कार्यान्यवन गर्ने प्रतिबद्धता सहितको बुँदा किन समेटिएन ? तपाईंहरुको यस सम्बन्धमा भएको सार्वजनिक धारणा के हो ?’, उनले प्रश्न गर्दै भनेका छन् ।

उनले आगामी दिनमा जेनजी आन्दोलनका मुद्दा रास्वपाको नीति तथा कार्यक्रमको हिस्सा बन्छ कि बन्दैन भनेर पुरुषोत्तम यादवलाई थप प्रश्नसमेत गरेका छन् ।

‘अन्त्यमा पुरुषोत्तम यादवज्यूलाई सरल प्रश्न, आगामी दिनहरुमा जेनजी जनआन्दोलनको मुद्धाहरु रास्वपाको नीति तथा कार्यक्रमको हिस्सा बन्नेछ कि नाई ? खुलाई दिनुहोस्’, उनले लेखेका छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ९ : ३० बजे

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा

ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान,

काठमाडौं– युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले