बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु « Khabarhub

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी दिए । 

जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा ९५४ जनाको दोहोरो नाम हटाएपछि जिल्लामा नयाँ मतदाताको सङ्ख्या १५ हजार १५० कायम भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रहेको शाहीले जानकारी दिए । ‘मतदाता नामावलीमा परिचयपत्रका आधारमा नाम दर्ता गराउने पनि छन्’, उनले भने । 

प्रमुख शाहीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको थियो । बाँकेमा साविकका तीन लाख ३३ हजार ९३४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्जले जनाएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म विशेष मतदाता नामावली सङ्कलन गरेको थियो । रासस

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  २ : ४९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन