एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरीयता उपाध्यक्ष बादललाई « Khabarhub

एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरीयता उपाध्यक्ष बादललाई


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले एघारौँ महाधिवेशनपछि नेताहरूको वरीयता करिब तय गरेको छ ।

यसअघिको पहिलो केन्द्रीय कमिटी बैठकबाटै एमालेले नेताहरूको वरीयता निश्चित गरेको थियो ।

तर आइतबार बसेको पहिलो सचिवालय बैठकमा अध्यक्ष ओलीले वरीयतालाई स्पष्ट पारेका छन् ।

उनले एघारौँ महाधिवेशनपछि उपाध्यक्षमा दोहोरिएका रामबहादुर थापा बादललाई आफूपछिको दोस्रो वरीयता दिने गरी आशन मिलाएका छन् ।

बादलपछि तेस्रो वरीयता उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई मिलेको छ । त्यसपछि अर्का उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तलाई छैटौँ वरीयता मिलेको छ ।

एमालेका त्यसपछि महासचिव शंकर पोखरेललाई वरीयता दिइएको छ । यद्यपि एमालेमा महासचिव पद अध्यक्षपछिको कार्यकारी हो ।

उता उपमहासचिवतर्फ पहिलो वरीयता लेखराज भट्टले पाएका छन् । उनी माओवादी पृष्ठभूमिका भए पनि यस पटक लोकप्रिय मत पाए ।

भट्टपछि उपमहासचिवमा रघुवीर महासेठ र योगेश भट्टराईलाई वरीयता निर्धारण गरिएको छ । सचिवतर्फ छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारीलाई पहिलो, दोस्रो र तेस्रो वरीयता दिइएको छ।

त्यसपछि अर्का सचिव भानुभक्त ढकाल, शेरधन राई, यामलाल कँडेल, डा. राजन भट्टराई, हिक्मत कार्की र अन्तिममा महेश बस्नेतको वरीयता तय गरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : १४ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन