काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको भूमिकाको प्रशंसा गरेका छन् ।
राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था एनसिसी अल्मुनाइ एशोसिएसन नेपालको आठौँ वार्षिकोत्सव समारोहमा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षकसमेत रहेका सिग्देलले एसोसिएसनले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरे ।
एसोसिएसनका निर्देशक पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन र राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक यामप्रसाद ढकालले संस्थाका कार्यक्रमबारे जानकारी दिए ।
एनसिसी विसं २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था २०७५ मा स्थापना भएको थियो । राष्ट्रिय सेवा दलले वार्षिक करिब सात हजार ७०० जनालाई तालिम गराउँदै आएको छ ।
तालिम हालसम्म ८६ हजारभन्दा बढी छात्र/छात्राहरूले लिइसकेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस













प्रतिक्रिया