मन्त्री खरेलद्वारा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट « Khabarhub

मन्त्री खरेलद्वारा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गरेका छन् ।

आइतबार बिहान पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणासम्बन्धी अन्तरक्रिया तथा छलफल’ को उद्घाटनपश्चात् उनले नेपाल टेलिकमको प्रादेशिक कार्यालय र तालचोकस्थित एनसेल डाटा सेन्टरको निरीक्षण गरे । 

टेलिकम कार्यालयमा निर्देशक वसन्त लिङथेप, उपप्रबन्धक हरि के शर्मालगायतले मन्त्री खरेललाई स्वागत गरेका थिए । उनीहरूले कार्यालयबाट भइरहेका सेवा प्रवाहबारे जानकारी गराए ।

त्यस अवसरमा मन्त्री खरेलले नेपाल टेलिकमको सेवालाई समयसापेक्ष प्रभावकारी बनाउनुपर्ने बताउँदै विद्यमान समस्या समाधानका लागि नीतिगत रूपमा गर्नुपर्ने विषयलाई अघि बढाउनेमा आफू तयार रहेको बताए  । 

उनले देश निर्वाचनमा अघि बढिसकेको उल्लेख गर्दै देशलाई स्थायित्वसँगै समृद्धि र विकासको बाटोमा लैजान निर्वाचन अपरिहार्य रहेको बताए। 

एनसेल डाटा सेन्टरको अवलोकनका क्रममा मन्त्री खरेललाई उक्त सेन्टरका तर्फबाट प्राविधिक मदन घिमिरेले विविध विषयमा जानकारी गराए । 

मन्त्री खरेलले आजै गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव डण्डुराज शर्मासहित सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी लिएका थिए ।

उनले आजै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका साथै विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिसँग पनि भेटघाट गरे । 
 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : ४० बजे

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको